आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,

मिति २०८३/०६/२२ गते बिहीबारदेखि विद्यालयको दोस्रो त्रैमासिक मूल्याङ्कन परीक्षा सुरु हुने भएकाले मिति २०८३/०६/२१ गते बुधबार विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि अध्ययन बिदा दिइएको जानकारी गराइन्छ।

यस अध्ययन बिदाको समयमा सम्पूर्ण विद्यार्थीहरूले घरमै रही नियमित रूपमा अध्ययन तथा पुनरावृत्ति गरी परीक्षाको राम्रो तयारी गर्न अनुरोध गरिन्छ।

साथै, मिति २०८३/०६/२१ गते बुधबार विद्यालयको प्रशासनिक कार्यालय बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म खुला रहनेछ।

जुन अभिभावक वा विद्यार्थीहरूले अहिलेसम्म आफ्नो प्रवेशपत्र (Admit Card) प्राप्त गर्नुभएको छैन, उहाँहरूले उक्त समयमा विद्यालयमा उपस्थित भई आफ्नो Admit Card संकलन गर्नुहुन अनुरोध गरिन्छ।

सम्पूर्ण विद्यार्थीहरूलाई दोस्रो त्रैमासिक परीक्षाको सफलताको लागि हार्दिक शुभकामना।

धन्यवाद।

JANAKI SECONDARY BOARDING SCHOOL
Biratnagar-11, Morang